प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व षष्ठी - ६

परिचय

नापी कार्यालय गौशाला, महोत्तरी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/१२/१७ गतेको कार्यालय स्थापना गर्ने निर्णय अनुसार स्थापना भई मिति २०८१/०५/०२ गतेबाट आफ्नो सेवा प्रवाह शुरु गरेको छ । यस कार्यालयले महोत्तरी जिल्लाभित्र भूमि प्रशासन तथा भू-सूचना व्यवस्थापनसँग सम्बन्धित प्राविधिक तथा प्रशासनिक कार्यहरू सम्पादन गर्दै आएको छ । यस कार्यालयको मुख्य उद्देश्य जिल्लाभित्र रहेका जग्गा जमिनको कित्ता नापी सर्वेक्षण, नक्साङ्कन, अभिलेखिकरण तथा अद्यावधिक कार्यमार्फत भू-स्वामित्वलाई स्पष्ट, सुरक्षित र विश्वसनीय बनाउनु हो । नापी कार्यालय गौशालाले ऐन, नियम तथा निर्देशिका को अधीनमा रही जग्गा नापजाँच, कित्ता नक्सा तयार गर्ने, फिल्ड बुक तयार गर्ने, नक्सा सुधार, सीमाना विवाद समाधानमा प्राविधिक सहयोग प्रदान गर्ने जस्ता कार्यहरू गर्दछ । यसका अतिरिक्त कार्यालयले डिजिटल प्रविधि नेपाल भू-सूचना प्रणाली (NeLIS) को प्रयोगमार्फत नापी अभिलेखलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रयास गरिरहेको छ। भूमि प्रशासन प्रणालीलाई पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ नापी कार्यालय गौशाला, महोत्तरीले मालपोत कार्यालय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरी कार्य गर्दछ । समग्रमा, नापी कार्यालय गौशाला, महोत्तरी जिल्लाको भूमि व्यवस्थापन, सुरक्षित भू-स्वामित्व र दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एक जिम्मेवार सरकारी निकाय हो।

कार्यक्षेत्र